१३ औं साग फुटबल : नेपालद्वारा माल्दिभ्स २-१ ले पराजित
काठमाडौं, मंसिर २१ : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।
शनिबार त्रिपु....
काठमाडौं, मंसिर २१ : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलमा सुरुवाती अग्रता भने माल्दिभ्सले लिएको थियो। खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसेनले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले उत्कृष्ट भली गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा नेपालका लागि अनन्त तामाङले खेलको ५१ औं मिनेटमा गरेको हेडर गोल नै निर्णायक बन्यो। जितसँगै नेपाल प्रतियोगिताको फाइनल प्रवेश नजिक पुगेको छ।

आइतबार हुने समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोके फाइनल प्रवेशको ढोका खुल्नेछ।





