साग क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित
काठमाडौं, मंसिर २१ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
शनिबार कीर्तिपुर....
काठमाडौं, मंसिर २१ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो। हारसँगै साग क्रिकेटमा स्वर्ण जित्ने नेपालको आशा चकनाचुर भएको छ। अब नेपालले काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ।
बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्यएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४३ रनको योगदान दिए। यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६, पारस खड्काले ९ रन जोड्दा अविनाश बोहोरा १३ रनमा अविजित रहे।
बंगलादेशका मेहदी हसन, सौम्य सरकार, सुमोन खान र तनविर इस्लामले समान २–२ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेश यु–२३ टिमले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। बंगलादेशका लागि नजबुल हुसेन ७५ रनमा नटआउट रहे। यस्तै, अफिफ हुसेनले ५२ र यासिर अलिले १४ रनको योगदान दिए।
नेपालका लागि पारस खड्काले तीन विकेट लिँदा अविनाश बोहोराले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।
जितसँगै बंगलादेशले स्वर्ण पदकका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।





