Kathmandu Press

सरकारका कारण राष्ट्रिय स्वाभिमान धरापमा : जोशी

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारका कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा परेको आरोप लगाएका छन्।....

सरकारका कारण राष्ट्रिय स्वाभिमान धरापमा : जोशी

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारका कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा परेको आरोप लगाएका छन्।

शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ ले आयोजना गरेको सरकारको ध्यानाकर्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको तीन हप्तापछि सरकारले एउटा पत्र लेख्नुबाहेक केही गर्न नसकेको आरोप लगाए।

‘हिजो प्रतिपक्षमा रहँदा भारतविरुद्ध बोलेर जनमत बटुलेका कम्युनिष्ट सरकारका प्रधानमन्त्री आज राष्ट्रय स्वाभिमान खतरामा परिरहेका बेला कूटनीतिक कदम पहल किन थाल्दैनन्?’ उनले भने,‘त्यो भूमि नेपालको हो भनेर विभिन्न दस्तावेजहरुले प्रमाणीत गरिसक्दा पनि सरकारको तर्फबाट कूटनीतिक कदम चाल्नुपर्ने बेला छिमेकीलाई ढाडस दिएर सीमाको विषय हल हुँदैन।’

उनले गुठीविधेयक लगायतका अन्य विभिन्न विधेयकहरुलाई सरकारले फेरि गलत नजिर राख्दै प्रमाणीत गर्न खोजेको भन्दै आपत्ति जनाए। 

धर्नाका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले सरकारले आफ्ना गलत कार्यहरुलाई बेलैमा नसच्याए सरकारविरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।

सरकारका गलत काम कारवाहीलाई खबरदारी गर्न आयोजना गरिएको धर्ना कार्यक्रममा सहभागीहरुले ‘निर्मला पन्तलाई न्याय दे, भ्रष्टाचार नियन्त्रण गर’, ‘लिपुलेक हाम्रो हो, सीमा विवाद अन्त्य गर’ लगायतका  प्ले कार्ड बोकेर प्रदर्शन समेत गरेका थिए।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, मंसिर २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्