Kathmandu Press

म्याराथनमा स्वर्ण जित्नबाट चुकिन् पुष्पा

काठमाडौं, मंसिर २१ : नेपाली पुष्पा भण्डारी म्याराथनमा स्वर्ण पदक जित्नबाट चुकेकी छिन्। 

शनिबार भएको महिलातर्फ ४२ किलोमिटर म्याराथन....

 म्याराथनमा स्वर्ण जित्नबाट चुकिन् पुष्पा

काठमाडौं, मंसिर २१ : नेपाली पुष्पा भण्डारी म्याराथनमा स्वर्ण पदक जित्नबाट चुकेकी छिन्। 

शनिबार भएको महिलातर्फ ४२ किलोमिटर म्याराथनमा प्रतिस्पर्धा गरेकी पुष्पा रजत पदकमै सीमित भइन्। स्पर्धामा श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितेकी छिन्।

केसराले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्दा नेपाली भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समय लगाइन्। 

भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन्।  

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, मंसिर २१, २०७६