Kathmandu Press

लक्ष्मी र सपनको ‘बस्यो पिरती’मा सुधीर र मलिका देखिँदै

काठमाडौं, असोज २ : बडादशैँको छेको पारेर गायक सपन श्रेष्ठ र गायिका, लेखक तथा संगीतकार ‘लक्ष्मी’ले टिपिकल लोक प्याटर्न गीत ‘बस्यो पिरती’को म्युजिक...
लक्ष्मी र सपनको ‘बस्यो पिरती’मा सुधीर र मलिका देखिँदै

काठमाडौं, असोज २ : बडादशैँको छेको पारेर गायक सपन श्रेष्ठ र गायिका, लेखक तथा संगीतकार ‘लक्ष्मी’ले टिपिकल लोक प्याटर्न गीत ‘बस्यो पिरती’को म्युजिक भिडियो बजारमा ल्याने भएका छन् । 

भरखरै छायाँङ्कन सकिएर अहिले एडिटिङको काम भइरहेको र दशैँअघि नै पत्रकार सम्मेलन गरेर म्युजिक भिडियो सार्वजनिक गर्ने गायक श्रेष्ठ र गीतकी शब्द संकलक, गायिका तथा संगीतकार लक्ष्मीले जानकारी दिए । ‘बस्यो पिरती,,, क्या राम्रो झिल्के कान्छामा’ बोलको मीठो लोक प्याटर्नको छायाँङ्कन काँठ क्षेत्रकै रोधीघर र विभिन्न ठाउँमा गरिएको छ । 

Hardik ivf

गीतको शब्द संकलन, संगीत र फिमेल गायन लक्ष्मी आफैंले गरेकी छन् भने मेलतर्फ रक गायक सपन श्रेष्ठले साथ दिएका छन् । गीत एरेन्ज संजय हमालले गरेका हुन् । यस्तै, मुना शिशिर कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोमा स्धीर श्रेष्ठ र मलिका राजोपाध्यायले मुख्य मोललिङ गरेका छन् । 

कोरियोग्राफ भने निर्देशक तथा कोरियोग्राफर सुरेन्द्र बस्यालले गरेका छन् । गीतले टिपिकल नेपाली रहनसहन र बोलीचाली तथा माया प्रेमको भाव बोकेको छ । 
 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्