Kathmandu Press

नेपाल श्रीलंकासँग ४१ रनले पराजित

काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत शुक्रबार भएको टी–२० क्रिकेटमा नेपाली महिला टोली श्रीलंकासँग पराजित भएक....

नेपाल श्रीलंकासँग ४१ रनले पराजित

काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत शुक्रबार भएको टी–२० क्रिकेटमा नेपाली महिला टोली श्रीलंकासँग पराजित भएको छ।

नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको छ। फाइनलमा बंगालदेश र श्रीलंका भड्निेछन्।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा श्रीलंकाले निर्धारित सात विकेट गुमाउँदै एक सय १८ रन बनाएको थियो। प्रतिउत्तरमा नेपालले नौ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि रुविना क्षेत्री १९, कविता कुँवर १३, करुणा भण्डारी १२ र अप्सरी बेगम ११ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

यसअघि श्रीलंकाको लागि लिहिनी अप्साराले ३७, जनादी अनालीले ३५, सत्या सन्दीपनीले २२ र हर्षिता माधवीले १६ रन बनाएका थिए।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, मंसिर २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्