कलंकी-महाराजगञ्ज सडक विस्तार गर्न २२ घर भत्काइँदै
काठमाडौं, मंसिर २० : चीन सरकारकोे अनुदानमा सुरू भएको कलंकी– महाराजगञ्ज सडक विस्तारका लागि २२ घर भत्काइने भएको छ।
कलंकी–महाराजगंज....

काठमाडौं, मंसिर २० : चीन सरकारकोे अनुदानमा सुरू भएको कलंकी– महाराजगञ्ज सडक विस्तारका लागि २२ घर भत्काइने भएको छ।
कलंकी–महाराजगंज सडक विस्तारअन्तर्गत सडकको अधिकार क्षेत्रभित्र पर्ने विभिन्न स्थानका २२ वटा घर भत्काइने जनाएको छ। सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार, घरहरू अधिग्रहणका लागि मूल्यांकनको काम भइरहेको छ।
‘जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण भएपछि ति घरहरू भत्काउन सुरू गरिन्छ,’ थापाले भने, ‘स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ।’
चिनियाँ टोलीले कंलकीदेखि महाराजगन्ज ११ किलोमिटर बाटो आठ लेनको बनाउने सम्झौता गरेको भएपनि सडक विभागले चावहिलसम्म बनाउनका लागि प्रस्ताव गरिरहेको छ।
सडक विस्तारकार्य सुरू भएको तीन वर्षभित्र काम सक्ने योजना रहेको भएपनि सडकको अधिकार क्षेत्रभित्रका संरचनाका कारण विस्तार समय थपिने सम्भावना देखिएको विस्तार आयोजनाले जनाएको छ।
चक्रपथ सडक आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार, दोस्रो चरणमा विस्तार हुने कलंकी–चावहिलखण्डको दुवै किनार र बीचमा वृक्षरोपण गरिनेछ। कलंकी महाराजगञ्जखण्ड विस्तारको क्रममा सडकको ठीक बीच भागमा ‘ग्रिनरी’सहितको ‘मेडियन’ राखेर विस्तार गरिनेछ।
अहिले भने सडकमा रहेका भौतिक संरचनाका कारण विस्तारको कामले गति लिन नसकेको आयोजनाले जनाएको छ। सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने, विजुलीका पोल सार्ने, खानेपानीका पाईपहरु बिछ्याउन समय लागेका कारण विस्तार ढिलो भएजस्तो देखिएको चक्रपथ सडक आयोजना प्रमुख रिमालले बताए।
उनका अनुसार, नेपाल विद्युत प्राधिकरणको सहयोगमा चार सय विजुलीका पोल सारिएको छ। त्यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सहयोगमा खानेपानीका पाईप सार्ने काम भइरहेको छ।
नयाँ बसपार्कको आकाशेपुल हटाइने
सडक विस्तारका क्रममा नयाँ बसपार्कको आकशेपुल पनि भत्किने भएको छ। पुल हिउँद महिनाभरीमा भत्किाइने आयोजना प्रमुख रिमालले बताए। ‘सडक विस्तारपछि सोहि अथवा कुनै उपयुक्त ठाउँमा पुनः अर्काे पुल बनाईनेछ,’ उनले भने।
स्वयम्भुको अगाडिको वुद्धको मुर्ति नभत्किने
चक्रपथ विस्तारका क्रममा स्वयम्भुनाथ परिसरभित्रको बुद्धका दुइटा मुर्ति नभत्काइने भएको छ। ‘स्वयम्भु मन्दिर आसपासको कुनै पनि संरचना भत्किदैन्, स्वयम्भुनाथ आसपासको मन्दिर नभएर बालाजु क्षेत्रमा पर्ने चैत्य मन्दिर भत्किने सम्भावना देखिएको छ,’ उनले भने।
चक्रपथ दोस्रो खण्डमा दुइटा ‘अन्डरपास’, नौ आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुनेछ। कंलकी–कोटेश्वर सडक विस्तारका क्रममा विभिन्न त्रुटि भएको र कंलकी–महाराजगन्ञ सडकखण्डमा नदोहोरिने सडक विभागले जनाएको छ।












-(7)-1765197040.jpg)