Kathmandu Press

‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं, भदौ ३० : आगामी कात्तिक ४ गते प्रदर्शन मिति तोकिएको  ‘के घर के डेरा’ को टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र के खनाल निर्देशित...
‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं, भदौ ३० : आगामी कात्तिक ४ गते प्रदर्शन मिति तोकिएको  ‘के घर के डेरा’ को टिजर सार्वजनिक गरिएको छ। 

दीपेन्द्र के खनाल निर्देशित र दयाहाङ राई, सुरक्षा पन्त, विपीन कार्की, वर्षा  राउतका साथै रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायत कलाकारद्वारा अभिनित फिल्म  ‘के घर के डेरा’को टिजर आज सार्वजनिक गरिएको हो। 

ए प्लस इन्टरटेनमेन्टको ब्याननरमा निर्मित यो चलिचित्रको टिजर जी–२१ डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

काठमाडौंमा डेरा गरी बस्नेको दुःखजिलो जीवन चित्रण गर्ने यो चलचित्र कमेडी तथा सोसल जनरामा तयार पारिएको छ।

यस फिल्मको सबै  छायांकन काठमाडौं उपत्यकामा गरिएको हो। सिंगे लामाले लेखेको कथामा बनेको यस फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने युवराज कार्की हुन्। 

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्