Kathmandu Press

आज नेपाल र भारत भिड्दै

काठमाडौं, माघ २८ : महिला गोल्डकप फुटबलको दोस्रो खेलमा आज नेपाल र भारत भिड्दै छन् ।

भारतमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल म्यानमासँग पर....

आज नेपाल र भारत भिड्दै

काठमाडौं, माघ २८ : महिला गोल्डकप फुटबलको दोस्रो खेलमा आज नेपाल र भारत भिड्दै छन् ।

भारतमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल म्यानमासँग पराजित भएको थियो । दोस्रो चरणमा पुग्न आज नेपालले जित्नै पर्ने दवाव छ ।

आज साँझ ७ बजे भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र भारत भिड्ने छन् ।

नेपालले पहिलो खेल म्यानमारसँग ३–० गोलले हारेको थियो । एक/एक खेल जितेका भारत र म्यानमारले तीन/तीन अंक बटुलेका छन् ।

नेपाल र इरान भने अंकबिहीन छन् । राउण्ड रोबिनको आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, माघ २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्