Kathmandu Press

नुवाकोटमा बाल साहित्य महोत्सव हुने

नुवाकोट, भदौ २९ : ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुने भएको छ ।...
नुवाकोटमा बाल साहित्य महोत्सव हुने

नुवाकोट, भदौ २९ : ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुने भएको छ । नेपाल बालसाहित्य समाज, रुम टु रिड र रुडेक नेपालको संयुक्त आयोजनामा बाल साहित्य महोत्सव आयोजना हुन लागेको हो। 

आज विदुरमा पत्रकार सम्मेलन गरी महोत्सवको जानकारी दिइएको हो । बाल साहित्य महोत्सवमा बालबालिकाका रचना, बाल साहित्यका विभिन्न कृति, पठन संस्कृति, बाल साहित्यको प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। 

Hardik ivf

दुई दिने महोत्सवमा विभिन्न सात कार्यशालासमेत सञ्चालन हुने नेपाल बाल साहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार दुई वटा प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाको लागि कथा, कविता, निबन्ध, चित्रकला, अभिनय, भित्तेपत्रिकालगायत सात विधामा विज्ञबाट सिर्जनात्मक कार्यशाला सञ्चालन हुनेछ। 

बालबालिकामा पठन संस्कृतिको विकास गराउन, पुस्तकप्रतिको अभिरुचि बढाउन, अभिभावकमा आफ्ना बालबालिकालाई बाल साहित्यका पुस्तक अध्ययन गराउन अभिप्रेरित गराउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागेको उपाध्यक्ष प्रधानको भनाइ छ। उपाध्यक्ष प्रधानले सरकारले विद्यालयलाई पुस्तकालय स्थापना गर्न रकम दिए पनि त्यसको सही सदुपयोग नभएको र बाल साहित्यप्रति विद्यालयको धारणामा परिवर्तन आवश्यक रहेको बताए। 

महोत्सवमा एक दर्जनभन्दा बढी बाल सहित्यका पुस्तकको विमोचन, पुस्तक प्रदर्शनी, हिँडाइपढाइ (रिडाथन)लगायत कार्यक्रम पनि समावेश गरिएको आयोजक समितिका संयोजक तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए। महोत्सवमा मुख्यवक्ता शिक्षाविद् विद्यानाथ कोइराला रहेका छ्न । 

महोत्सवमा जिल्लामा तीन सयभन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक सहभागी हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ । महोत्सवलाई स्थानीयरुपमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय एकाइ, विदुर नगरपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ।  

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्