लेखक प्रदीप भारद्वाज भन्छन्– प्रचार राम्रो नहुँदा पनि ‘वर्ड अफ माउथ’ले झिँगेदाउ चल्यो
काठमाडाैं, भदाै २९ : भीमनिधि तिवारीका कथामा बनेको फिल्म झिँगेदाउ दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा २ करोड ५० लाख हाराहारीमा...
काठमाडाैं, भदाै २९ : भीमनिधि तिवारीका कथामा बनेको फिल्म झिँगेदाउ दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा २ करोड ५० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ।
थुप्रै राम्रा फिल्मले कमजोर व्यापार गरिरहेको सन्दर्भमा ‘झिँगेदाउ’को व्यापार सबैको लागि अनपेक्षित थियो। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म कबड्डी ४ पछि सर्वाधिक कमाउने फिल्म बनेको छ भने कृतिमा बनेको सर्वाधिक कमाउने फिल्म पनि ।
केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्म ‘झिँगेदाउ’ वर्ड अफ माउथको मूख्य भूमिका खेलेको रहेको फिल्लका स्क्रिप्ट राइटर प्रदीप भारद्वाज बताउँछन्। उनी भन्छन्, ‘फिल्मको प्रचारप्रसार अन्य फिल्मको तुलनामा कमजोर थियो, तर फिल्म दोस्रो सातामा हाउसफुलका साथ चलिरहेको छ । अनपेक्षित रुपमा फिल्मले राम्रो व्यापार गर्नुको मुख्य कारण वर्ड अफ माउथ नै हो।’
दर्शकलाई साढे दई घण्टा नै बाँध्न सकेकाले फिल्म सफल बनेको भारद्वाज बताउँछन्। झिँगेदाउ चलेपछि फिल्ममा दर्शकले मनोरञ्जन नै खोज्ने प्रमाणित भएको तर्क उनले गरे । नेपाली फिल्म क्षेत्रका महँगा स्क्रिप्ट राइटरका रुपमा परिचत भारद्वाजले यसअघि छोडिगए पाप लाग्ला, ब्याच नं. १६, जंगली मान्छे, देवरबाबु, कसले चो¥यो मेरोमन, हिफाजत, झ्यानाकुटी, क्रि, पञ्चेबाजा, वीरविक्रम, लिलिबिलि, चंगाचेटलायत फिल्म लेखेका छन्।
लामो समयपछि आफूले निर्देशन गरेको फिल्म हिट भएपछि निर्देशक ज्ञानेन्द्र देउजा खुसी छन्। प्रचारप्रसार राम्रो गर्न सकेको भए फिल्मले अझै राम्रो व्यापार गर्ने बताउँदै अहिलेको व्यापारबाट पनि निर्माण पक्ष खुसी भएको उनले बताए ।
आफूहरु फिल्म चल्ने विश्वत भएको उल्लेख गर्दै निर्देशक देउजाले भने– ‘फिल्मको व्यापार अरुको लागि सरप्राइज थियो होला । हामी फिल्म चल्नेमा विश्वस्त थियौं, त्यसैले हाम्रा लागि यो स्वभाविक थियो ।’
फिल्ममा केकी र आँचलसँगै मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतमत, विजय देउजालगायतका पनि मुख्य भूमिका छ ।












