Kathmandu Press

ज्ञानेन्द्रको शतकमा नेपाल १४१ रनले विजयी

काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानविरुद्ध फराकिलो जित हासिल गरेको छ।

....
ज्ञानेन्द्रको शतकमा नेपाल १४१ रनले विजयी

काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानविरुद्ध फराकिलो जित हासिल गरेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा क्याप्टेन ज्ञानेन्द्र मल्लको शतकीय पारीमा नेपालले भुटानलाई एक सय ४१ रनले पराजित गरेको हो।

नेपालले दिएको दुई सय २७ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ६ विकेट गुमाउदै ९५ रनमै समेटियो। रञ्जुङ मिको दोर्जी २७, सोनाम तोब्गे १५ र तोब्देन सिंगे ११ बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।

नेपालका लागि पारश खड्का दुई, करन केसी, ललित राजबंशी र पवन सर्राफले एक/एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले तीन विकेट गुमाउदै दुई सय ३६ रन बनाएको थियो।

नेपालका लागि क्याप्टेन मल्लले ५५ बलमा नौ छक्का र पाँच चौका प्रहार गर्दै एक सय सात रन बनाए। त्यस्तै, पारश खड्काले ५७, दीपेन्द्रसिंह ऐरीले ४५, रोहितकुमार पौडेलले ६ र आरिफ सेखले चार रन बनाएका थिए।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, मंसिर १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्