Kathmandu Press

लाखौं मानिसका बीचमा रहे पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

काठमाडाैं, भदाै २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाखौं करोडौं मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका...
लाखौं मानिसका बीचमा रहे पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

काठमाडाैं, भदाै २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाखौं करोडौं मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्।

प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे। अहिलेको अवस्था जेजस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे। आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भुल्न नहुने उनको भनाइ थियाे।

प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे। 

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्