Kathmandu Press

प्रधानमन्त्री देउवा र चिनियाँ नेता लीबीच भेट

चार दिवसीय भ्रमणका क्रममा नेता ली साेमबार काठमाडाैं आइपुगेका हुन्।
प्रधानमन्त्री देउवा र चिनियाँ नेता लीबीच भेट

काठमाडाैं, भदाै २८ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघिदेखि शिष्टाचार भेटवार्ता भएकाे हो। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुइ पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो।

नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि भेटमा छलफल भएको परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिए। नेता लीले बुधबार राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए। चार दिवसीय भ्रमणका क्रममा नेता ली साेमबार काठमाडाैं आइपुगेका हुन्।

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्