Kathmandu Press

सर्वोच्चका न्यायाधीश सिफारिस भएकाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान 

काठमाडौं, भदौ २८ : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुबिरुद्ध उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले न्याय...
सर्वोच्चका न्यायाधीश सिफारिस भएकाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान 

काठमाडौं, भदौ २८ : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुबिरुद्ध उजुरी दिन आह्वान गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीबिरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो । 

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । संसदको कार्यकाल केहि दिनमा सकिने भएपछि प्रक्रिया छोट्याएर सुनुवाई गर्ने बिषयमा बैठकमा छलफल भएको थियो । तर त्यसले बाहिर नकारात्मक सन्देश जाने भएकाले नियमित प्रक्रिया नै सुरु गर्ने निर्णय बैठकले गरेको हो ।

समिति सभापति कर्णले संसदीय सुनुवाई समितिको कार्यबिधि अनुसार नै प्रस्तावित व्यक्तिहरुको बारेमा उजुरी दिन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको बताए। 

बैठकमा समिति सदस्यहरुले सार्वभौम प्रतिनिधिसभाको समयावधी तोक्ने काम आयोगलाई नभएको बताएका थिए । बैठकमा एमाले मुख्य सचेतक बिशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताए। 

त्यस्तै माओवादी केन्द्रका सांसद देव गुरुङले कार्यकालको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने धारणा राखे। न्यायधीशका लागि सिफारि भएका दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश छन् भने शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश छन् । त्यस्तै पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन्। 

प्रकाशित मिति: १६:३८ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्