Kathmandu Press

चोलेन्द्रको बयान सकियो, प्रतिप्रश्नका लागि फेरि बोलाइने 

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकाएको छ।
चोलेन्द्रको बयान सकियो, प्रतिप्रश्नका लागि फेरि बोलाइने 

काठमाडौं, भदौ २८ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकाएको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो ।

राणालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ।

बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न व्यक्ति र राजनीतिक दलमाथि विभिन्न आक्षेप लगाएका थिए। राणाले बयानका क्रममा नाम लिएकाहरूसँग पनि महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ।

समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय छ। समितिले गत भदौ १५ गतेबाट बयान लिन सुरू गरेको थियो।

 

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्