देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, भदाै २८ : पछिल्लाे २४ घन्टामा देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा...
काठमाडाैं, भदाै २८ : पछिल्लाे २४ घन्टामा देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











