महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रको बयान सुरु
काठमाडौं, भदौ २८ : निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । केहीबेरअघि सुरु भएको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन जबरा...
काठमाडौं, भदौ २८ : निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । केहीबेरअघि सुरु भएको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन जबरा उपस्थित भएका हुन् ।
जबराको बयान आजै सकाउने तयारी छ । जबरलाले कुल ४३ प्रश्नमध्ये ३५ प्रश्नको जवाफ दिइसकेका छन् । बाँकी रहेका ८ प्रश्न आजै सोधेरे बयान सकाउने तयारी रहेको समितिका सदस्य मीन बहादुर विश्वकर्माले जानकारी दिएका छन्।
चोलेन्द्रको बयान सुरु हुनअघि समितिका सदस्यहरु आन्तरिक छलफलमा जुटेका थिए । बयानका क्रममा चोलेन्द्रले नाम लिएका व्यक्तिहरुलाई पनि बोलाउने समितिको तयारी छ।
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको गरिमामा आँच आउने गरी कुनै काम नगरेको बताउँदै आएका छन् । उनले विभिन्न व्यक्ति र राजनीतिक दलका स्वार्थका कारण आफूमाथि महाभियोग ल्याइएको बताए ।
प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











