Kathmandu Press

चोलेन्द्रले नाम लिएका व्यक्तिहरुसँग बयान लिने महाभियोग सिफारिस समितिको तयारी 

महाभियोग सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले बयानका क्रममा जबराले नाम लिएका केही व्यक्तिहरुलाई पनि बोलाउने तयारी भएको जानकारी दिएका छन्।
चोलेन्द्रले नाम लिएका व्यक्तिहरुसँग बयान लिने महाभियोग सिफारिस समितिको तयारी 

काठमाडौं, भदौ २८ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरुको पनि बयान लिने भएको छ। 

महाभियोग सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले बयानका क्रममा जबराले नाम लिएका केही व्यक्तिहरुलाई पनि बोलाउने तयारी भएको जानकारी दिएका छन्।

महाभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका न्यायाधीश, पूर्वन्यायाधीश, कानुन व्यवसायी, राजनीतिकर्मी लगायत विभिन्न व्यक्तिहरुमाथि विभिन्न आरोप लगाएका थिए।

उनले विभिन्न प्रकरणमा न्यायालयलाई अस्थिर बनाउन विभिन्न व्यक्तिहरु संलग्न रहेका कारण उनीहरुलाई पनि बयानमा बोलाउन आग्रह गरेका थिए। सोही बमोजिम केही व्यक्तिहरुलाई बयानमा बोलाउने तयारी भएको विश्वकर्माले जानकारी दिए। 

 जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो। समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन्। बयानका लागि ४३ वटा प्रश्न  तयार पारिएका छन्। 

समितिले आइतबार मात्रै जबरासँग २४ वटा प्रश्न सोधेको थियो। 

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको  र कार्यपालिकामा  भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।
 
प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्