Kathmandu Press

केसीले २०औं पटक अनशन बस्नपर्नु लज्जाको विषय : भट्टराई

काठमाडाैं, भदाै २८ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनशन बस्नु राज्य...
केसीले २०औं पटक अनशन बस्नपर्नु लज्जाको विषय : भट्टराई

काठमाडाैं, भदाै २८ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनशन बस्नु राज्य मात्र नभएर सबैका लागि लज्जाको विषय भएको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज (मंगलबार) ट्विट गरेर त्यस्तो टिप्पणी गरेका हुन्। ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औँ पटक अनशनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

उनले भनेका छन्, ‘त्यहॉ विकृतिविसंगति छन् भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन? बेलैमा सोचौं? 

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनशन सुरु गरेका हुन्।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्