Kathmandu Press

लीको भ्रमण : काठमाडौंको ट्राफिक आवागमन प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह 

काठमाडौं, भदौ २८ : जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने...
लीको भ्रमण : काठमाडौंको ट्राफिक आवागमन प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह 

काठमाडौं, भदौ २८ : जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो। कार्यालयका अनुसार बिहान पौने ९ बजे रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।

त्यस्तै, ११ः३० बजे रवीभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी, दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ। 

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्