‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’
जनकपुर, भदौ २७ : मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित मानव...
जनकपुर, भदौ २७ : मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय रहेको बताए।
प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताए।
उनले भने, ‘भौतिक विकासमात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकाको मूल लक्ष्य हुनुपर्छ।’ मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उनको भनाइ थियो।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मधेस कृषि विश्वविद्यालयका रजिष्ट्रार डा भगवान् ठाकुर, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।











