Kathmandu Press

सीट बाँडफाँड टुंग्याउन आज पनि गठबन्धनको बैठक

काठमाडौं, भदौ २८ : आगामी चुनावको सीट बाँडफाँडमा सहमति गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे...
सीट बाँडफाँड टुंग्याउन आज पनि गठबन्धनको बैठक

काठमाडौं, भदौ २८ : आगामी चुनावको सीट बाँडफाँडमा सहमति गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा पनि शीर्ष नेतासँग गठबन्धन कार्यदलका सदस्य पनि सहभागी हुनेछ।

सोमबार पनि कार्यदलका सदस्यसहित शीर्ष नेताको बैठक बसेको थियो। साढे ६ घण्टा बसेको बैठकमा निर्वाचन क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।

केही क्षेत्रमा दुई तथा तीन दलले दाबी गरेकाले सहमति जुट्न नसकेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। त्यसका लागि दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल गरिएको थियो। आज पनि त्यहि आधारमा छलफल हुने उनले बताए।

गठबन्धनका पाँच दलले आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन्। त्यसका लागि प्रतिनिधिसभा र प्रदेश सभाका सीट बाँडफाँडमा जुटेका छन्।

प्रकाशित मिति: ०९:२८ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्