चिनियाँ जनकंग्रेस अध्यक्षको आज उच्चस्तरीय भेटघाट
काठमाडौं, भदौ २८ : नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन्।अध्यक्ष लीले आज प्रधानमन्त्री...
काठमाडौं, भदौ २८ : नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन्।
अध्यक्ष लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।
नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान भेटवार्ताको तालिका छ। यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ।
त्यसपछि परराष्ट्रमन्त्री खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जाने तयारी छ।
उनले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ।











