Kathmandu Press

न्यून चापीय रेखा सरदर स्थानमा, कस्तो आजको मौसम?

काठमाडौं, भदौ २८ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थनमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यून चापीय...
न्यून चापीय रेखा सरदर स्थानमा, कस्तो आजको मौसम?

काठमाडौं, भदौ २८ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थनमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ। जसले गर्दा आज देशभर सामान्य बदली  रही प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्