Kathmandu Press

श्रीलंकाकाे पाेस्टमा नेपालकाे आधा दर्जन गोल, समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालको जितमा अमिशा कार्कीले २ गोल गर्दा रश्मीकुमार घिसिङ, सुरु लिम्बू, अमृता जैशी र दीपा शाहीले पनि गोल गरे ।
श्रीलंकाकाे पाेस्टमा नेपालकाे आधा दर्जन गोल, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडाैं, भदाै २७ : नेपाली महिला टिम दशरथ दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६–०को फाराकिलो जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

समूह बीको पहिलो खेलमा नेपालले भुटानमाथि ४–०को जित निकालेको थियो । यो समूहबाट भुटान यसअघि नै सेमिफाइनल पुग्दा श्रीलंका अंकबिहीन हुँदै घर फर्किएको छ। खेलमा  समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोलको अग्रता लिएको छ।

नेपालको जितमा अमिशा कार्कीले २ गोल गर्दा रश्मीकुमार घिसिङ, सुरु लिम्बू, अमृता जैशी र दीपा शाहीले पनि गोल गरे । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो।

१०औं मिनेटमा रश्मीकुमार घिसिङको गोलमा नेपालले सुरुआती अग्रता लियो । त्यसको एक मिनेटपछि नै सुरु लिम्बूले नेपालको अग्रता दोब्बर बनाइन् ।

१७औं मिनेटमा अमृता जैशीले गोल गर्दै खेलमा नेपाललाई ३–०को अवस्थामा पु¥याउँदा इन्जुरी समयको अन्तिम समयमा दीपा शाहीले गोल गरेपछि पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४–०को अग्रता लिएको हो।

७७औं मिनेटमा डिफेन्सको गल्तीको फाइदा उठाउँदै अमिशा कार्की गोल गर्दै नेपाललाई ५–०को अग्रता दिलाइन्। अमिशाले नै इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि नेपाल ६–०ले विजयी भयो।

श्रीलंकाविरुद्ध नेपाली टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी भने मैदानमा देखिइनन् । डेंगु संक्रमण भएपछि सावित्रा टिममा थिइनन्।

अब नेपालले फाइनल प्रवेशका लागि भारत र बंगालादेश मध्ये एकसँग खेल्ने छ।

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्