Kathmandu Press

विभिन्न राजनीतिक पार्टीसँग भएका सम्झौता कार्यान्वयनमा सरकारले दोहोर्‍यायो प्रतिबद्धता

काठमाडौं, भदौं २७ : सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पुनः दोहर्‍याएको छ । प्रधानमन्त्रीको सरकारी निवास...
विभिन्न राजनीतिक पार्टीसँग भएका सम्झौता कार्यान्वयनमा सरकारले दोहोर्‍यायो प्रतिबद्धता

काठमाडौं, भदौं २७ : सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पुनः दोहर्‍याएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा भएका समझदारी तथा सम्झौताहरूको कार्यान्वयनका लागि पुनः प्रतिबद्धता दोहर्‍याएको हो।

गृहमन्त्री बालकृष्ण खाणको सक्रियतामा समझदारी र सम्झौता कार्यान्वयनका सन्दर्भमा प्रशासनीक तथा अर्धन्यायिक प्रकृतिका बाँकी काम र मुद्धाहरूको हकमा तत्काल तत् तत् निकायबाट प्रक्रिया पुर्‍याई यथाशीघ्र पर्‍छ्यौट गर्ने गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै कानुनी रिक्तता वा अड्चनका कारण सम्झौताका कार्यान्वयन हुन बाँकी विषयहरूका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध र संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

गृहमन्त्री खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभारथरुहटर थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धन लगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न सन्दर्भमा पटक–पटक औपचारिक अनौपचारिक छलफल गरिरहृका छन् । 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्