श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता
नेपालका लागि रश्मीकुमार घिसिङ, सुरु लिम्बू, अमृता जैशी र दीपा शाहीले गोल गरे।
काठमाडाैं, भदाै २७ : दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलको समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोलको अग्रता लिएको छ।
नेपालका लागि रश्मीकुमार घिसिङ, सुरु लिम्बू, अमृता जैशी र दीपा शाहीले गोल गरे।
नेपालका लागि १०औं मिनेटमा रश्मीकुमार घिसिङले गोल गरिन् । त्यसको एक मिनेटपछि नै सुरु लिम्बूले नेपालको अग्रता दोब्बर बनाइन् ।
१७औं मिनेटमा अमृता जैशीले गोल गर्दै खेलमा नेपाललाई ३–०को अवस्थामा पु¥याउँदा इन्जुरी समयको अन्तिम समयमा दीपा शाहीले गोल गरेपछि पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४–०को अग्रता लिएको हो।
नेपालले श्रीलंकाविरुद्ध प्लेइङ सेटमा २ परिवर्तन गरेको थियो । प्रशिक्षक कुमार थापाले सावित्रा भण्डारी र अमिसा कार्कीको स्थानमा रेखा पौडेल र रश्मिकुमारी घिसिङलाई खेलाएका थिए । डेंगु संक्रमण भएपछि सावित्रा टिममा थिइनन्।
प्रतियोगिताको सेमिफाइनल पुग्न नेपाललाई श्रीलंकाविरुद्ध बराबरी नै काफी छ।











