संसद भवनमा चिनियाँ नेता ली र सभामुख सापकोटाबीच द्वीपक्षीय भेटवार्ता
सोमबार अपराह्न ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेलगत्तै ली होटल सोल्टी पुगेर केहीबेर आराम गरेका थिए । केहीबेर आराम गरेपछि लीसहितका प्रतिनिधि मण्डल सभामुख अग्नि प्रसाद सापकोटासँग द्वीपक्षीय भेटवार्ता गरेको हो ।
काठमाडौं, भदौ २७ : चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले औपचारिक भेटवार्ता सुरु गरेका छन्।
सोमबार अपराह्न ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेलगत्तै ली होटल सोल्टी पुगेर केहीबेर आराम गरेका थिए । केहीबेर आराम गरेपछि लीसहितका प्रतिनिधि मण्डल सभामुख अग्नि प्रसाद सापकोटासँग द्वीपक्षीय भेटवार्ता गरेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ली र चिनियाँ प्रतिनिधिमण्डबीच भेटवार्ता शुरु भएको छ । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ।

भेटका क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान–प्रदानलगायत सम्झौतामा हुने जनाइएको छ ।
प्रकाशित मिति: १८:०१ बजे, सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार