Kathmandu Press

थप १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

थप १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

काठमाडौं, भदौ २७ : नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको २ हजार ६ सय पिसिआर परिक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:११ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्