Kathmandu Press

निर्वाचन आयोगले तोकेको खर्चको सिमा हेरफेर हुँदैन : थपलिया

काठमाडौं, भदौ २७ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।  सिंहदरबारमा...
निर्वाचन आयोगले तोकेको खर्चको सिमा हेरफेर हुँदैन : थपलिया

काठमाडौं, भदौ २७ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।  

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा बिभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे । 

नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए। थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सवै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरे। निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए। 

त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहदा वा नरहदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखे। उनले मन्त्री मात्रै नभई कोहि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताए। निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उनले बताए। 

त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिए। बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा ज्ञिसासा राखेका थिए । 

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्