Kathmandu Press

राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन : हृदयेश त्रिपाठी 

काठमाडौं, भदौ २७ : जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार काठमाडौंमा आायोजित कार्यक्रममा बोल्दै...
राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन : हृदयेश त्रिपाठी 

काठमाडौं, भदौ २७ : जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आायोजित कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले संविधानले राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्नबाहेक अन्य विकल्प नदिएको बताएका हुन् । 

‘हाम्रो संविधान अनुसार संसदले पारित गरेको विषय एक पटक पुनर्विचारका लागि पठाउन सक्ने व्यवस्था छ । तर, यदि दोस्रो पटक संसदले कुनै पनि विधेयक पारित गर्छ भने त्यो बेलायती मोडल अनुसार त्यसलाई प्रमाणिकरण गर्न बाहेक अन्य विकल्प छैन,’ उनले भने । 

उनले नागरिकता विधेयक प्रमाणीकरण नभए देशमा दुर्भाग्यपूर्ण अवस्थामा लैजाने बताए । नागरिकता विधेयक प्रमाणीकरणसँग संविधानले दिएको संसदीय सर्वोच्चता कायम रहने कि नरहने भन्ने प्रश्न जोडिएकाले प्रमाणीकरण नभए दुर्भाग्यर्पुण अवस्थामा देशलाई लैजाने बताए । 

उनले नागरिकता विधेयकलाई राजनीतिक विषय नबनाउन पनि आग्रह गरेका छन् ।  ‘


 

प्रकाशित मिति: १६:४८ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्