Kathmandu Press

काठमाडौं आइपुगे चिनियाँ नेता ली, यस्तो छ भ्रमणतालिका  

उनलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गरेका छन्।
काठमाडौं आइपुगे चिनियाँ नेता ली, यस्तो छ भ्रमणतालिका  

काठमाडौं, भदौ २७ : चीनको नेशनल पिपुल्स कंग्रेसका सभामुख ली चाङसु काठमाडौं आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणका लागि ली सोमबार दिउँसो तीन बजे त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् । 

उनी ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं उत्रेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गरेका छन्।

तीन वर्षअघि राष्ट्रपति सी चिनफिङको भ्रमणयता चीनका तर्फबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो। 

लीले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन्। यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले भेट गर्ने कार्यक्रम छ ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका छन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेट हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यतालिका छ। 
    
अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्