Kathmandu Press

कपिलवस्तुको अजिगरा ताल संरक्षण नहुँदा सङ्कटमा

कपिलवस्तु, भदाै २७ : संरक्षणको अभावमा अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दे गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ र ७ मा...
कपिलवस्तुको अजिगरा ताल संरक्षण नहुँदा सङ्कटमा

कपिलवस्तु, भदाै २७ : संरक्षणको अभावमा अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दे गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ र ७ मा रहेको अजिगरा ताल संरक्षण नगरिँदा सङ्कटमा पर्दै गएको हो । ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्वद्र्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुँदै गएको छ ।

करिब ३० बिघा क्षेत्रफलमा फैलिएको तालमा स्थानीयले संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने सँघारमा छ । ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको कर्मा गाउँका कमलेशचन्द्र गुप्ताले बताए। ताल संरक्षणका लागि कृष्णनगर नगरपालिका कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको गुप्ताले बताए। 

Hardik ivf

ताल अतिक्रमण हुन थालेपछि सो क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने थालेका छन् । सम्बन्धित निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

तालको संरक्षणका लागि सरकारले बाध बाधेर सिँचाइको लागि प्रयोग गर्न सकिने स्थानीय प्रतिमा विश्वकर्माले बताइन् । जैविक विविधता संरक्षण, पर्यटकीय हिसाबले रमणीय र अध्ययन अनुसन्धानका दृष्टिकोणले उचित रहेकाले ताल संरक्षण गर्नुपर्ने विश्वकर्माको माग रहेको छ । तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजाति, जलचर प्राणी, बकुल्ला, हाँस, चखेवालगायत हिँउदमा पाइने सारस चरा रहेका बताइएको छ । 

तालको अनुगमन 

अजिगरा तालमा ध्यान केन्द्र र पार्क निर्माणका लागि आइतबार एक टोलीले अनुगमन गरेको छ । सहरी तथा ग्रामीण विकास परियोजनाको सहकार्य तथा एशियाली विकास बैंकको सहयोगमा तालमा ध्यान केन्द्र र पार्क निर्माण गर्नका लागि अनुगमन गरिएको हो । रु ६० करोडको लागतमा ध्यान केन्द्र र पार्क निर्माण गर्ने उद्देश्यले तालको अनुगमन गरेका नगरप्रमुख रजतप्रताप शाहले बताउनुभयो ।

तालमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले विज्ञको टोलीले तालको अनुगमन गरेको नगर प्रमुख शाहले बताए । अजिगरा तालको बृहत् योजना निर्माणका लागि अनुगमन गरेको उनले बताए। डोहवा इन्जिनियरिङ कम्पनी एसोशिएट, इआरएमसी, सिल्ट कन्सलटेन्स प्रालि र डिजिकन इन्जिनियरिङ कन्सलटेन्सले तालको विकासका लागि बृहत् योजना निर्माणका लागि अनुगमन गरेको हो । 

यातायात इन्जिनियर यज्ञबहादुर मल्ल, पर्यटन रविजङ्ग पाण्डेय, सिँचाइविज्ञ विवेक कार्की एसडब्लुएमका अशोक शाही, अनुसन्धानकर्ता मञ्जु मुनाकर्मी, वातावरणविज्ञ रिकेश चित्रकार, सामाजिक अनुसन्धानकर्ता प्रकाश पाण्डे, इन्जिनियर रञ्जन सुबल, म्यानेजर सोनिया भण्डारीलगायतको सहभागिता रहेको थियो।  

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्