Kathmandu Press

राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार

तनहुँ, भदौ २७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ। मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन...
राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार
Hardik ivf

तनहुँ, भदौ २७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ। 

मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो।  सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो । वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। 

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ । अजिङ्गरलाई वनमा लगेर सुरक्षितरुपमा छाडिने उनले बताए। 

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्