Kathmandu Press

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

दाङ, भदौ २७ : विसालु च्याउ खादा दाङको तुलसीपुरमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।उनीहरुले गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर...
विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

दाङ, भदौ २७ : विसालु च्याउ खादा दाङको तुलसीपुरमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

उनीहरुले गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ।  

Hardik ivf

तुलसीपुर–१६ ललौराका ३४ वर्षीय विनोद चौधरी, ३४ वर्षीया वसन्ता चौधरी, १६ वर्षीया कोपिला चौधरी, १२ वर्षीया प्रभा चौधरी र ५५ वर्षीय माघे चौधरी बिरामी परेका छन्।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो। उनीहरुलाई राति नै अस्पताल भर्ना गरिएको थियो।

अहिले उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएको छ। थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ।

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, भदौ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्