Kathmandu Press

१३ औं साग : फुटबलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकियो

काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल  श्रीलंकासँग बराबरीमा रोकिएको छ।

बुधबार त्रिपु....

 १३ औं साग : फुटबलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकियो

काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल  श्रीलंकासँग बराबरीमा रोकिएको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलमा सुरुवाती अग्रता भने नेपालले लिएको थियो।

खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीमार्फत कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। श्रीलंकाली खेलाडीले नेपाली खेलाडी अनन्त तामाङलाई डी बक्सभित्र लडाएपछि पाएको नेपालले पेनाल्टी पाएको थियो। जसमा सुजल चुकेनन्।

तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल अंक बाड्न पुग्यो। खेलको ९१ औं मिनेटमा श्रीलंकाका लागि मोहम्मद आकिबले बराबरी गोल फर्काएका थिए। 
बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।

यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।
 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, मंसिर १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्