Kathmandu Press

महोत्तरीमा स्यालले टोक्दा चारजना गम्भीर घाइते

महोत्तरीमा स्यालले टोक्दा चारजना गम्भीर घाइते

महाेत्तरी, भदाै २६ : महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आज स्यालले टोक्दा चारजना गम्भीर घाइते भएका छन्। उनीहरु सबै एउटै टोलका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन्। गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो।

घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ। चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, भदौ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्