स्रोत नखुलेको ७ लाख ५३ हजारसहित एक जना पक्राउ
काठमाडाैं, भदाै २६ : वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरिया...
काठमाडाैं, भदाै २६ : वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन्।
वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए। प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १९:२५ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












