Kathmandu Press

अफगान सुरक्षा बललद्वारा एकजना विद्रोही मारिए १० जना पक्राउ

काबुल, भदाै २६ : अफगान सुरक्षा बलले पूर्वी कपिसा प्रान्तमा एक सशस्त्र विद्रोहीलाई मारेको छ  भने अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित...
अफगान सुरक्षा बललद्वारा एकजना विद्रोही मारिए १० जना पक्राउ

काबुल, भदाै २६ : अफगान सुरक्षा बलले पूर्वी कपिसा प्रान्तमा एक सशस्त्र विद्रोहीलाई मारेको छ  भने अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित बख्तर समाचार एजेन्सीले आइतबार  उल्लेख गरेको छ।

'सुरक्षा फौजसँगको भिडन्तमा एक विद्रोहीको मृत्यु भएको छ  भने विद्रोहीसँग सम्बद्धताको आरोपमा १० जनालाई पक्राउ गरिएको छ,' बख्तर समाचार एजेन्सीले कपिसा प्रान्तको गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताएको छ।

समाचार एजेन्सीले घटनाको मिति एवं मारिएका वा पक्राउ परेकाहरूको पहिचान भने खुलाएको छैन।  

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, भदौ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्