Kathmandu Press

महारानी एलिजाबेथको पार्थिव शरीर लन्डन ल्याइँदै

महारानी एलिजाबेथको पार्थिव शरीर लन्डन ल्याइँदै

लन्डन, भदाै २६ : बिहीबार दिवंगत भएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उनको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज यहाँ ल्याइँदैछ। 

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट ६ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन्। बालमोरल दरबारबाट २ सय ८० किलोमिटर लामो यात्रापछि महारानीको शव इडिनबरा राजप्रासाद पुर्‍याइनेछ। शवयात्राको मार्गमा पुष्पहारसहितका बेलाइतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जली अर्पण गर्ने अपेक्षा गरिएको छ। 

आइतबार बिहान बालमोरल दरबारको मुख्य द्वारमा महारानीको हातले बनाइएको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। महारानीका ज्येष्ठ सुपुत्र चार्ल्स तृतीयलाई औपचारिक रूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो। 

Hardik ivf

शुक्रबार  नवनरेश चार्ल्सले राजसिंहासन सम्हाल्दै दिवंगत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवं जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवं निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाे थियो।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलाइतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगतलाई अवगत भएको र त्यो गहन जिम्मेवारी इमानदारी एवं सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए। 

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्र स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिँदैछ। मातृवियोगमा रहेका नवनरेश चार्ल्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थाल्नुभएको छ। उनले बकिङघम राजाप्रासादमा प्रधानमन्त्री मेरी एलिजाबेथ ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन्। 

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पुर्‍याइनेछ। मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उहाँको शव लण्डन ल्याइनेछ। बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ।

असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ। 

शोकाकुल हासउ अफ विन्डसरमा शनिबार खुशीका केही सङ्केत पनि देखिए। राजकुमार विलियम उहाँका भाइ ह्यारीको पत्निहरूसहितको संयुक्त उपस्थितिले राजपरिवारबीचको सम्भावित मेलमिलापलाई बेलाइतवासीले हर्ष र आश्चर्यका साथ प्रतीक्षा गरिरहेका छन्। 

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्