Kathmandu Press

नागरिकता विधेयक खारेजीकाे माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

काठमाडाैं, भदाै २६ : नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका छन्।नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै...
नागरिकता विधेयक खारेजीकाे माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

काठमाडाैं, भदाै २६ : नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।

सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गरे, नागरिकता बेच्न पाईदैन, दलालहरु होसियार लगाएतका नारा लगाएका थिए। अहिलेका नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ।

यसअघि आइतबार नै नेविसंघले नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नै प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, भदौ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्