Kathmandu Press

इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाकु मारिए

इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाकु मारिए

इराक, भदौ २६ : पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स ९आईएस० का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।  

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ  ।  

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् ।  सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ  नष्ट गरेको जनाएको छ।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, भदौ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्