Kathmandu Press

६४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

काठमाडौं, भदौ २६ : गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८÷७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र...
६४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

काठमाडौं, भदौ २६ : गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८÷७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ। 

कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो। 

Hardik ivf

कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् । 

सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्याङ्करको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा रु एक करोड २० लाख ४६ हजार आठ सय ८१ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्