Kathmandu Press

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

काठमाडौं, भदौ २६ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक...
प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

काठमाडौं, भदौ २६ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । 

पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिए। 

उनले भने, ‘हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गरिनेछ।’

Hardik ivf

भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराए।

सबैको सामूहिक प्रयासबाट सेनाको सुदृढीकरण तथा सबलीकरण हुने भएकाले समयानुकूल व्यवसायीकरण हुँदै जाने बताउँदै उनले नेपाली सेना सबै नेपालीको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गरे। 

मुलुकमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको सो अवसरमा उल्लेख गरियो । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो ।
 
सेनाको मूल्यमान्यताको सम्वद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व पूरा गर्न पनि सेनापतिले निर्देशन दिनुभएको प्रवक्ता नारायण सिल्वालले बताए।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, विकट र संवेदनशील क्षेत्रमा मतपत्र ढुवानीसहित मतदानस्थलको बाहिरी सुरक्षामा सेनाको व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न पनि उनले निर्देशन दिए। 

सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना अघि बढिरहेको छ । सो अवसरमा प्रधानसेनापति शर्माले सेनाको कफी टेबल बुक र ‘लिडर रिडिङ कलेक्सन’को विमोचनका साथै उत्कृष्ट लेखकका स्रष्टालाई पुरस्कार प्रदान गरे।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्