Kathmandu Press

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

मेक्सिको, भदौ २६ : उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले...
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

मेक्सिको, भदौ २६ : उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ।

हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्