Kathmandu Press

विद्यालय हिँडेका बुटबलका तीन बालक बेपत्ता

रुपन्देही, भदाै २६ : विद्यालय जान निस्केका बुटवलका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दुर्गानगरका १४ वर्षीय सागर पौडेल, १५...
विद्यालय हिँडेका बुटबलका तीन बालक बेपत्ता
Hardik ivf

रुपन्देही, भदाै २६ : विद्यालय जान निस्केका बुटवलका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दुर्गानगरका १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र  १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएका हुन् ।

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र  पन्थी  नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार ‘विद्यालय जान्छौँ भनेर हिँडेका’ बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिए। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको  खोजतलास सुरु भएको बताए ।

प्रकाशित मिति: १०:१९ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्