पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा भिड्दै
काठमाडौं, भदौ २६ : एशिया कपको उपाधिका लागि आज पाकिस्तान र श्रीलंका भिड्दै छन्।एशिया कपको फाइनल खेलमा आज बेलुका ७ः४५ बजे हुनेछ। दुबई...
काठमाडौं, भदौ २६ : एशिया कपको उपाधिका लागि आज पाकिस्तान र श्रीलंका भिड्दै छन्।
एशिया कपको फाइनल खेलमा आज बेलुका ७ः४५ बजे हुनेछ। दुबई इन्टरनेशनल मैदानमा फाइनल खेल हुनेछ।
सुपर चारमा अपराजित रहँदै श्रीलंका फाइनलमा पुगेको हो। त्यस्तै, भारत र अफ्गानिस्तानलाई पराजित गर्दै पाकिस्तान पनि फाइनलमा पुगेको हो। सुपरमा फोरको अन्तिम खेलमा पाकिस्तान श्रीलंकासँग पराजित भएको थियो।
भदौ ११ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ देश सहभागी थिए। हङकङ र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका थिए।
प्रकाशित मिति: ०८:११ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












