Kathmandu Press

बेलाइत नरेश चाल्र्स तृतीय नयाँ राजा घोषित

लण्डन, भदाै २५ : राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई...
बेलाइत नरेश चाल्र्स तृतीय नयाँ राजा घोषित
Hardik ivf

लण्डन, भदाै २५ : राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस,  पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा भएका हुन।

शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गर्नुभएको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे। राष्ट्रका नाममा गरेकाे सम्बोधनमा नवनरेश चाल्र्सले 'मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,' भने।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्