Kathmandu Press

काभ्रेमा ‘जनताको साथमा कांग्रेस’ अभियान सम्पन्न

बनेपा, भदाै २५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले तय गरेको ‘जनताका साथमा कांग्रेस’ अभियान काभ्रेमा सम्पन्न भएको छ।एक...
काभ्रेमा ‘जनताको साथमा कांग्रेस’ अभियान सम्पन्न

बनेपा, भदाै २५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले तय गरेको ‘जनताका साथमा कांग्रेस’ अभियान काभ्रेमा सम्पन्न भएको छ।

एक कार्यक्रमबीच बनेपामा पहिलो चरणको अभियान समापन गरिएको हो। केन्द्रीय परिपत्र अनुसार, ७७ वटै जिल्लामा सञ्चालित अभियान काभ्रेमा भदौ १० देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । 

जिल्ला सभापति तीर्थ लामाका अनुसार अभियानअन्तर्गत प्रतिनिधी सभाको दुवै र प्रदेश सभाका ४ वटै निर्वाचन क्षेत्र, १३ वटै स्थानीय तह र १ सय ३५ वडा र करिब ७ सय वटै टोल समितिमा भेला, छलफल, अन्तरक्रिया भएका छन्।

Hardik ivf

अभियानका लागि काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले भदौ १० बनेपामा जिल्लास्तरीय कार्यक्रम उद्घाटन गरेर अभियान शुरुवात गरेकी थिइन्। प्रतिनिधीसभा क्षेत्र नं. १ ले भकुन्डेबेसीमा युवा संवाद, प्रदेश सभा क्षेत्र नं १ (क) ले भकुन्डेबेसीमा र प्रनिनिधिसभा क्षेत्र नं २ र यसका दुवै प्रदेश कार्यसमितिले संयुक्त रुपमा धुलिखेलमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसँग अन्तरक्रिया गरेका थिए।

प्रदेश सभा क्षेत्र नं १ (ख) ले पनौतीमा विशेष समारोह आयोजना सभापति चन्द्रबहादुर लामाले जानकारी दिए। पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि सञ्चालन गर्ने गरी कांग्रेसले कार्यक्रम तय गरेको थियो । 

स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गरेर पार्टीले सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानबाट अपेक्षित नतिजा आएको र संगठन निर्माणमा पनि सहयोग पुगेको बुझेको कांग्रेसले आसन्न प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको लागि पनि देशभर सञ्चालन गर्न ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको थियो । अभियानको लागि कांग्रेसले देशैभरी प्रतिनिधी खटाएको थियो।

प्रदेशले जिल्ला र स्थानीय तहमा र जिल्ला कार्यसमितिले स्थानीय तह र वडास्तरमा प्रतिनिधी खटाएको थियो । अभियानका लागि देशभर खटिएका केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउनेछन्। 

समापन समारोहमा काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले काभ्रेमा कांग्रेसको पक्षमा माहौल र मत देखिएको भन्दै आफूले केन्द्रमा सोही अनुसारको प्रतिवेदन बुझाउने बताइन्।

कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, बाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, प्रदेश कार्यसमिति सदस्य भगवती खड्का काभ्रेका नेता अच्युत पौडेल, जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्न अनुरोध गरे।

कांग्रेस जिल्ला सभापति तिर्थ लामाले कुनै पनि बहानामा पार्टीमा भेदभाव नहुने भन्दै निर्वाचनमा होमिन सबैलाई अनुरोध गरे। 

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्